- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सन् २०७५ सम्ममा भारतले विश्वको महाशक्ति अमेरिकालाई पछाडि छोड्ने भएको छ ।
अमेरिकी बैङ्क गोल्डम्यान साक्सको अनुसन्धान अनुसार भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने छ ।
हाल भारत अर्थतन्त्रको हिसाबले पाँचौँ ठुलो राष्ट्र हो भने अमेरिका पहिलो स्थानमा रहेको छ ।
भारतको १ अर्ब ४० करोड जनसङ्ख्या विश्वको सबैभन्दा ठूलो भएकोले यसको जीडीपी नाटकीय रूपमा विस्तार हुने अनुमान गरिएको छ।
प्रतिवेदनका अनुसार २०७५ सम्ममा भारतीय अर्थतन्त्रले जापान र जर्मनीसहित अमेरिकालाई पछि पर्नेछन् ।
चीन विश्वको पहिलो अर्थतन्त्र बन्ने अनुसन्धानले देखाएको छ । अर्थतन्त्रको हिसाबले चीन हाल दोस्रो ठूलो देश हो ।