arrow

घट्दो क्रममा सुनचाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
gold-silver-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले सोमबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो 

यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ