arrow

दार्चुलामा आयोडिन नुनको उपभोग बढ्दो

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०८० साउन ९ मंगलबार
aayodin-nun.JPG

दार्चुला । दार्चुलामा आयोडिनयुक्त नुनको उपभोग बढ्दै गएको छ । सरकारले अनुदानमा प्रतिकिलो ९ रुपैयाँमा आयोडिनयुक्त नुन उपलब्ध गराउँदा यहाँ यो नुन उपभोग गर्नेको सङ्ख्या बढ्दै गएको हो । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दार्चुला डिपोबाट दैनिक रूपमा ९ देखि १० क्विन्टलसम्म आयोडिनयुक्त नुन बिक्री भइरहेको डिपोका प्रमुख प्रेम सिंह कुँवरले जानकारी दिए । खलङ्गा डिपोले आर्थिक वर्ष २०७९-८० मा २ हजार ८ सय २ क्विन्टल ५० किलोग्राम आयोडिन नुन बिक्री वितरण गरेको छ । 

डिपो प्रमुख कुँवरका अनुसार गत साउन महिनामा १ सय ६२ क्विन्टल, भदौ महिनामा १ सय ३४ क्विन्टल, असोज महिनामा २ सय ५० क्विन्टल ५० किलोग्राम, कात्तिक महिनामा २ सय १५ क्विन्टल ५० किलोग्राम, मङ्सिर महिनामा २ सय ७७ क्विन्टल, पुष महिनामा २ सय ८१ क्विन्टल, माघ महिनामा १ सय ८१ क्विन्टल, फागुन महिनामा २ सय ३८ क्विन्टल, चैत महिनामा २ सय ७५ क्विन्टल विक्री भएको छ । 

यस्तै वैशाख महिनामा २ सय ६० क्विन्टल, जेठ महिनामा २ सय ७० क्विन्टल ५० किलोग्राम र असार महिनामा २ सय ५७ क्विन्टल ५० किलोग्राम आयोडिन नुन विक्री भएको हो ।

गत आर्थिक वर्षमा डिपोसँग ३ हजार ५ सय ४६ क्विन्टल ५० किलोग्राम नुन रहेकोमा बिक्री भएर अब ७ सय ४४ क्विन्टल मात्रै मौज्दात रहेको प्रमुख कुँवरले बताए । 

यस्तै जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा रहेको डिपोमा आर्थिक वर्ष २०७९/८० मा ३ हजार ७ सय ८० क्विन्टल मौज्दात रहेकोमा २७ क्विन्टल बिक्री भएको छ ।

 हाल गोदाममा १ हजार ८० क्विन्टल नुन मौज्दात रहेको गोकुलेश्वर डिपो प्रमुख लक्ष्मण सिंह धामीले जानकारी दिए । दार्चुलामा दुई वटा डिपो र ५ वटा विक्री केन्द्रहरूबाट नुन उपलब्ध भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ