- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । करिब डेढ हप्ताको विश्रामपछि प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठक बस्नुअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । एमालेले मध्यान्ह १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।
प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाम मुछिएकोबारेमा आलोचना गरेका थिए ।