arrow

अवैध सुन तस्करी

सुन तस्करीबारे एमाले आक्रामक, संसद अवरोध गर्नेसम्मको तयारी

तस्करीमा गृह मन्त्रालय र मातहत निकायको कमजोरी औल्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
uml-cpn.jpg

काठमाडौँ । सुन तस्करीमा गृह मन्त्रालय र मातहत निकायको कमजोरी औल्याउँदै प्रमुख प्रतिपक्ष दल एमाले आन्दोलनको मुडमा रहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको गतिविधि नै शंकास्पद रहेको र त्यसबाट सुन तस्करीमा बल पुगेको भन्दै राजीनामा माग गरिसकेको र सो सम्बन्धमा संसद अवरोध गर्नेसम्मको तयारी गरेको रहेको छ ।

 ‘संसदीय दलको बैठक बोलाइएको छ, गम्भीर विषयमा छलफल गर्नुपर्ने भएकाले तुरुन्तै बैठक बोलाइएको हो’, एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भने । 

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेपछि शुरु हुनेछ भएपछि त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।  

संसदको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गन र शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

तर एमालेले सुन तस्करीमा एमालेलाई मुछेको र त्यसको प्रमाण नभएको एमालेलाई बद्नाम गराउन गृहमन्त्री आफैँ लागेको भन्दै सो विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । 

एमाले अध्यक्ष केपी ओलीले सोमबार राति कम्बोडियाबाट फर्किने क्रममा सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका थिए । 

सुन प्रकरणमा अध्यक्ष ओलीको तस्बिर सामाजिक सञ्जालमा आएपछि आक्रोशित भएका थिए । अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको समेत बताउँदै गृहमन्त्री आक्रोश व्यक्त गरेका थिए । 

सोही विषयलाई लिएर एमाले अध्यक्ष ओलीले  संसदमा विशेष समय लिएर बोल्न सक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ