arrow

एमालेले सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
uml-parliament-meeting.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने निर्णय गरेको हो ।

गृहमन्त्रीको संलग्नता बिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको बैठकले सुन प्रकरणबारे संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ । 

गत बुधबार करिब १०० किलो सुन बरामद भएपछि एमालेले सो प्रकरणमा सरकारको संरक्षणविना आयात गर्न नसकिने भन्दै जवाफ माग्ने निर्णय गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ