arrow

सुन लुट्ने पाँच प्रहरी निलम्बनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
police-india-rubbery-2023-7-29.jpg
तस्बिर – फाइल ।

मुम्बई । भारतस्थित मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ । 

यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ । सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिवेदन बनाएका थिए । 

यस घटनाको खुलासा भएपछि हाल फरार रहेका ५ प्रहरीलाई निलम्बन गरिएको छ । समाचार अनुसार उत्खननका क्रममा आदिवासीहरूले सुनका सिक्का फेला पारेका थिए। जसलाई पछि आफ्नो घरको जमीनमा लुकाएर राखेका थिए । प्रहरीले यस बारेमा आफ्नो गुप्तचारबाट जानकारी लिएको थियो । 

गुप्तचरबाट जानकारी प्राप्त भए लगत्तै प्रहरी गत जुलाई १९ तारिख त्यहाँ पुगेर आदिबासीको घरबाट सबै सिक्का लिएर फरार भएका थिए । 

जबकि नियमअनुसार ती सिक्का सरकारी कोषमा जम्मा गर्नुपर्ने थियो । तर प्रहरीले सरकारी कोषमा जम्मा गरेनन् ।

सरकारी कोषमा जम्मा नगरेको तथा आदिबासी समूहलाई क्षतिपूर्तिसमेत नदिएको समाचार बाहिरिएपछि ती ५ अभियुक्तलाई निलम्बन गरी अनुसन्धान शुरु गरिएको भारतीय मिडियाले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ