arrow

गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
teacher.JPG.jpeg

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन ।
 
माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो । 

शिक्षक अभावमा विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान-बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्टटाइम’ नियुक्त गरी पठनपाठन चलाएको प्रअ गोविन्द थापाले बताए। 

“कक्षा ९-१० लाई विज्ञान विषयका र तल्लो कक्षाका शिक्षकले माथिल्लो तहमा पढाउन लगाएर कक्षा खाली हुन रोकेका छौँ”, उनले भने, “दरबन्दीका विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।” मङ्गला गाउँपालिका-१ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले मासिक रु ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दशौँ पटक विज्ञापन गरेपनि कसैको दरखास्त परेको छैन् । पटक-पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण पठनपाठन प्रभावित भएका सर्वोदय र राष्ट्रिय जनजागृति मावि जस्तै धेरै विद्यालयहरु छन् । 


गाउँका सामुदायिक विद्यालयमा मात्र होइन सदरमुकाम बेनीका सुविधायुक्त निजी विद्यालयले समेत विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको अभाव खेपिरहेका छन् । विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ