arrow

अवैध सुन प्रकरणः छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । संसदीय समितिले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो । 

 यही ३ साउनमा एक सय किलो अवैध सुन बरामद भएको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करीको आशंका गरिएको छ । 

सोही विषयप्रति समितिले चाँसो राख्दै छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ