arrow

शिक्षकका पेशागत हकहितमा पहल गर्ने अर्थमन्त्री महतको वचन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
prakashsharan-mahat-2080-02-25.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले भेटवार्ता गरी शैक्षिक सवाल र पेशागत हकहितका विषयमा ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार भएको सो भेटमा महासङ्घले आफूहरुका माग र विगतमा भएको सहमतिका आधारमा सङ्घीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवा सुविधा बढाउनुपर्ने लगायतका मागबारे स्मरण गराएका छन् । 

सो अवसरमा मन्त्री डा महतले ती विषयमा मन्त्रालयका तर्फबाट सक्दो सकारात्मक पहल गर्ने विश्वास दिनुभएको भेटमा सहभागी महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

सो अवसरमा महासङ्घका घटक संस्थाका अध्यक्ष र पदाधिकारीको पनि सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ