arrow

संसद बैठक बस्नै एमालेको अवरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
parliament-uml-2080-03-20.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । साउन ३ गते नियन्त्रणमा लिइएको करिब सय किलो सुन तस्करी प्रकरणका कारण एमालेले संसद बैठक बस्न दिएको छैन । प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनका लागि उच्चस्तरीय समिति गठन नगरेसम्म प्रतिनिधि सभाको बैठक बस्नै नदिने अडान लिएको छ । 

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सोही कारण यो समाचार तयार पार्दासम्म दिउँसो २ः४० सम्म पनि ञ्चालन हुन सकेको छैन ।

संसद्को गतिरोध हटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारै बिहान प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । 

त्यस्तै सोमबारै प्रचण्डले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका थिए । त्यो छलफलपछि पनि सहमति जुट्न नसकेको हो । 

संसद चालु गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले सभामुख देवराज घिमिरेसँग लछफल गरे पनि समस्याको समाधान निस्केन । 

यसअघि गत साउन १० गते बसेको बैठक पनि एमालेले अगाडि बढ्न नदिएपछि आजका लागि तोकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ