arrow

पुल निर्माणको क्रममा मेसिन खस्दा १६ मजदुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
gutter-mechine.JPG

काठमाडौं । पुल निर्माणको क्रममा गर्डर लञ्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको छ ।

 महाराष्ट्रको ठाणेमा रहेको समृद्धि एक्सप्रेस राजमार्गमा सोमबार राति दुर्घटना भएको हो । 

राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा गर्डर लञ्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

राजमार्गमा राति निर्माण कार्य चलिरहेको बेला गर्डर मेसिन १०० फिटको उचाइबाट खसेको थियो ।

 मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ