arrow

यूएईले अनुमति दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
UAE-flag.jpg

काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (युएई) ले कोप २८ मा जलवायु अभियानकर्मीहरूको ‘शान्तिपूर्ण’ भेला लाई अनुमति दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

युएईले यस वर्षको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा वातावरण संरक्षणकर्मीलाई ‘शान्तिपूर्ण रूपमा भेला हुन’ अनुमति दिने बताएको हो ।

तेलको धनी संयुक्त अरब इमिरेट्स (युएई) ले नोभेम्बरदेखि डिसेम्बरसम्म दुबईको व्यापारिक केन्द्रमा कोप २८ आयोजना गर्ने तयारी गरेको छ, जसका लागि विरोध प्रदर्शनका लागि आधिकारिक अनुमति चाहिन्छ तर युएईले हिंसात्मक प्रदर्शनलाई प्रतिबन्धित गर्नेछ ।

“संयुक्त राष्ट्रसङ्घको आगामी जलवायु वार्तामा ‘जलवायु कार्यकर्ताहरूलाई शान्तिपूर्ण रूपमा भेला हुन र आफ्ना आवाजहरू सुनाउन ठाउँ उपलब्ध गराइनेछ’,” विज्ञप्तिमा भनिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को आधिकारिक डब्लुएएम समाचार एजेन्सीले मङ्गलबार जारी गरेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय ‘फ्रेमवर्क कन्भेन्सन’ को संयुक्त वक्तव्यमा उक्त घोषणा गरिएको हो । 

कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर र युएनएफसीसीसीका प्रमुख सिमोन स्टिएलले अबुधाबीमा एक द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेपछि उक्त वक्तव्य जारी गरिएको होे ।

स्टिएललाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “हामी कोप सम्मेलनमा संयुक्त राष्ट्रसङ्घको मूल्यमान्यतालाई कायम राख्न दृढतापूर्वक प्रतिबद्ध छौं ।”

संयुक्त अरब इमिरेट्स एक प्रमुख तेल उत्पादक हो र प्रति व्यक्ति कार्बन डाइअक्साइडको विश्वको सबैभन्दा ठूलो उत्सर्जकमध्ये एक हो ।

‘ह्युमन राइट्स वाच’ लगायत गैरसरकारी समूहले अभिव्यक्ति स्वतन्त्रतामाथि खाडी राष्ट्रको प्रतिबन्धले जलवायु अभियन्ताहरूको अर्थपूर्ण सहभागितामा बाधा पुर्‍याउन सक्ने चेतावनी दिएका छन् । 

एचआरडब्लुले मार्चको एक रिपोर्टमा नागरिक समाजका अभियन्ताहरूले जलवायु सङ्कटलाई सम्बोधन गर्न महत्वाकांक्षी कार्यका लागि दबाब दिन प्रभावकारी रूपमा आफ्नो भूमिका निभाउन सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।

यसअघिका अधिकांश सम्मेलनहरूमा ठूला विरोध प्रदर्शनहरू सामान्य थिए, र इजिप्टमा संयुक्त राष्ट्रसङ्घको अन्तिम जलवायु वार्तामा सीमित यालीहरूलाई अनुमति दिइएको थियो । इजिप्टमा अधिकारीहरूले नियमित रूपमा प्रदर्शनहरू माथि दमन गरेका र अभियन्ताहरूलाई हिरासतमा लिएका थिए । 

कोप २७ इजिप्टका आयोजकले कडा विरोध प्रदर्शनस्थलका लागि लगाइएको प्रतिबन्धका कारण आलोचनाको सामना गर्नुपरेको थियो । इजिप्टमा अभियन्ताहरूले ३६ घण्टा अगावै विरोध प्रदर्शनका लागि अनुमति लिनु पर्दथ्यो । 

अनुमोदित प्रदर्शनहरू निश्चित घण्टाको समयमा मात्र अनुमति दिइएको थियो तर निश्चित क्षेत्रमा भारी सुरक्षा उपस्थिति देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ