arrow

फौजदारी मुद्दामा न्याय दिन सकिएन : प्रधानन्यायाधीश (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
hari-krishna.JPG

काठमाडौं ।   प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरूलाई न्याय दिन नसकिएको बताएका छन् ।  मंगलवार इन्सेकले ३१ औँ प्रकाश स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले पीडित र साक्षीहरूको संरक्षण गर्न नसक्दा उनीहरूलाई फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताएका हुन् । 

उनले पीडित र पीडितका साक्षीको संरक्षणको विषय संविधानमा नै उल्लेख भएको भए पनि उनीहरूको संरक्षण सार्थक रूपमा हुन नसकेको बताए । पीडितको संरक्षण गर्न नसक्दा प्रतिकुल बकपत्र आउने गरेकोले न्याय दिन कठिनाइ भएको उनले बताए । उनले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पिछडिएको कारणले पनि प्रतिकुल बकपत्र दिनुपर्ने अवस्थामा पीडितहरू पुगेका बताए ।

प्रधानन्यायाधीश कार्कीले सार्वजनिक सरोकारका विषयहरू अदालतमा लैजाने संविधानको व्यवस्था अनुरूप सो विषयहरू अदालतमा पुगिरहे पनि त्यसको दुरुपयोग हुन थालेको बताए । उनले व्यक्तिगत तथा राजनीतिक स्वार्थ र सस्तो लोकप्रियताका लागि यस प्रकारका विवादहरू अदालतसम्म पुर्‍याउने गरिएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ