arrow

जेलिएको राजधानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
internet-wire-cable-mess-parliament.jpg

काठमाडौं । राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ । 

जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेलाबेलामा भइहेका हुन्छन् । 

यी तार व्यवस्थित गर्न प्रयास नभएका पनि होइनन् तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको महानगरवासीको गुनासो छ । 

बिजुली, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तार विद्युतको पोलमाथिबाट लगिएको छ । 

यसरी जेलिएको तारलाई व्यवस्थित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका जस्ता निकाय लागि परे पनि यसले सार्थक रूप लिन सकेको छैन । 

महानगरपालिका-११ का वडाध्यक्ष हीरालाल तण्डुकार तार व्यवस्थापनका लागि पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गर्छन् । 

पहिले मन्दिरै मन्दिरको सहरका नामले विश्वमा विख्यात भएको काठमाडौँ तारैतारले कुरूप भयो भनी प्रचार होला भन्ने चिन्ता लाग्न थालेको उनले सुनाए । 

महानगरसभा र कार्यपालिकाको बैठकमा सदस्यले यसलाई व्यवस्थापनका लागि पटकपटक आवाज उठाउने गरेका छन् । तार व्यवस्थापनले सार्थक रूप भने पाउन सकेको छैन । 

प्राधिकरणले विद्युत् पोल भाडाको विषय बेलाबेलामा उठाउने गरेको छ । 

धेरै निकाय जोडिने तार व्यवस्थापनको काम समन्वयात्मकरूपमा अघि नबढाउँदा समस्या समाधानमा समय लागेको असन निवासी राजेन्द्र बज्राचार्य बताउछन् । 

कार्यालय र पदाधिकारी विशेषले चाहेरमात्र समाधान नहुने समस्या भएकाले समन्वयात्मकरूपमा काम गरिनुपर्ने उनको भनाइ छ । 

 तार व्यवस्थापनको काम सुरु भएका स्थानमा राम्रो देखिन थाले पनि पूरा हुन सकेको छैन ।

काम पूरा नहुनुमा सरोकार भएका निकायका बीच समन्वय हुन नसक्नु मुख्य कारण रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ