arrow

एमालेले चल्न दिए दिउँसो बस्दै राष्ट्रिय सभा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बस्न दिए आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । 

एमालेले संसद बैठक अवरुद्ध हुँदै आएको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएर बाहिरिँदै गरेको अवैध एक सय किलो सुनको छानबिनका लागि उच्च स्तरीय समिति गठन नगरेसम्म संसद चल्न नदिने भन्दै आएको छ । 

प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध हुँदै आएको छ । यदि आज संसद चल्न सक्यो भने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइनेछ ।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

यसैगरी, आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ