arrow

राष्ट्र बैंकको सह–प्रवक्ता एवं सूचना अधिकारीमा डिल्लीराम

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
dr-delhiram-pokharel-dep-speaker-nrb.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सह–प्रवक्ता एवं सूचना अधिकारीमा डा. डिल्लीराम पोख्रेल नियुक्त भएका छन् । गभर्नरको कार्यालयका निर्देशक पोख्रेल बुधबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी सम्हालेका हुन् । 

२०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । 

यसअघि नारायणप्रसाद पोख्रेलले उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए । राष्ट्र बैंकका निर्देशक पोख्रेलले बुधबारै आफू उक्त जिम्मेवारीमा नरहेको जानकारी दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ