arrow

एमालेको राष्ट्रिय सभा चल्न दिएन, दुवै सदन साउन २२ गते बस्ने, सरकार मुकदर्शक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध कायमै राखेको छ । बिहीबारको राष्ट्रिय सभा बैठक पनि एमालेले चल्न दिएन । साउन ३ गते नियन्त्रणमा लिइएको सय किलो सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने एमालेको रणनीतिअनुसार राष्ट्रिय सभा बैठक स्थगित भएको हो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर संसद् अवरुद्ध हुँदै आएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै बैठक २२ गते सम्मका लागि स्थगित गरेका छन् । 

यद्यपि सरकारले भने यस विषयमा केही पनि बोलेको छैन । धेरैले माओवादी केन्द्रका नेताहरु यसमा सहभागी भएको आशंका गरेका छन् । 

प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध हुँदै आएको छ । अब दुवै बैठक २२ गते दिउँसो बस्नेछन् । 

त्यो बैठकअघि सरकारले कुनै कदम चालेन भने दुवै सदन फेरि पनि बस्ने छैन । एमालेको अवरोधका कारण जनताका गुनासो सुन्ने थलो ठप्प हुँदै आएको छ । एमालेको कदममा रास्वपा र राप्रपाले पनि सघाउँदै आएका छन् । 

उक्त सुन प्रकरणमा अहिलेसम्म एक भन्सार एजेन्ट, एक ट्याक्सी चालक, भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 

राजस्व अनुसन्धान विभागले यो प्रकरणको छानबिन गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ