arrow

११ दिनपछि सामाखुसीबाट हराएका बालकको शव भेटियो दक्षिणकालीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
water-kill.jpg

काठमाडौं ।  भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव बिहीबार दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बिहीबार वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिए । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो ।

त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा बिहीबार ११ दिनपछि शव फेला परेको उनले बताए । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ