arrow

च्याउले लियो छोराको ज्यान, आमा सिकिस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
masroom.jpg
तस्बिर-फाइल

जाजरकोट । जङ्गली च्याउ खाँदा यहाँ एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छिन् । 

विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका-४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो ।

मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ । आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । 

च्याउ खाएलगत्तै आमाछोरा बेहोश भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । 

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

उनलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।

जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ