निजी निवासमा पुगेर मुस्कुराए राष्ट्रपति पौडेल [तस्बिरसहित]
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
2k
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार आफ्नो निजी निवासमा पुगेका छन् । उनी आफ्नो निजी निवास बोहराटार पुगेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवास र बोहराटारबीच धेरैको अन्तर छैन । तर गत फागुनमा राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि उनी बोहराटार पुगेका थिएनन् ।
पहिलो पटक बोहराटार पुगेपछि उनका आफन्त एवं सहृदयीहरु बोहराटारमा भेला भएका थिए ।
उनी आफ्नो घर र वरिपरिको माहोल देखेर मुस्कुराइरहेका थिए ।