arrow

तीन सयले बढ्यो सुन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
gold-silver-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो । यो दिन प्रतितोला छापावाल सुन  १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ