arrow

दार्चुलामा छ किलो लागूऔषध चरेससहित दुई वृद्ध पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
darchula.png

दार्चुला ।  दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ किलो १०० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-४ बाङ्गाबगर बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, डिएसपी तर्कराज पाण्डेयले जानकारी दिए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले आइतबार राती १ बजेतिर ठूलो परिमाणमा चरेससहित पक्राउ गरिएको डिएसपी पाण्डेयले बताए । 

प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ । दुवै जनालाई चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ