arrow

नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
rail-nepal-kurtha-jaynagar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल र भारतबीच रेल सेवा निरन्तर विस्तार हुँदै गएको छ । रेलमार्गहरू निरन्तर विस्तारका क्रममा छन् भने नयाँ निर्माण प्रक्रियाले तीव्रता पाएको छ ।

भारतको रक्सौल शहरबाट काठमाडौँ जोड्ने १३६ किलोमिटर रेलमार्गको लोकेसन सर्भे अन्तिम चरणमा पुगेको छ । नेपालको भौतिक पूर्वाधार मन्त्रालयमा सर्भे प्रतिवेदनको मस्यौदाबारे विस्तृत अध्ययन भइरहेको छ । मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले अध्ययनका लागि समिति गठन भई काम भइरहेको जानकारी दिए।

भारतको जयनगरबाट नेपालको जनकपुरबाट कुर्था हुँदै बिजलापुरासम्म रेल सेवा विस्तार भइसकेको छ। कुर्था बिजलापुरा खण्ड भारतीय रुपैयाँ ७।८३ अर्बमा निर्माण भएको हो। यसका लागि भारत सरकारले अनुदान सहयोग गरेको छ। जयनगरबाट बिजलापुरासम्मको रेलमार्गको दूरी ५२ किलोमिटर छ।

अब रेलमार्ग नेपालको महोत्तरी जिल्लाको बर्दिबाससम्म विस्तार हुँदैछ। यसका लागि नेपाल सरकारले जग्गा अधिकरण गरिरहेको छ। जग्गा अधिकरणपछि निर्माण कार्य हुने नेपालको रेल विभागले जनाएको छ। बर्दिबाससम्म विस्तार हुने रेलमार्ग पनि भारतीय अनुदान सहयोगमा बन्ने नेपाल र भारतबीच भएको सम्झौतामा उल्लेख छ।

बर्दिबास मधेस प्रदेशबाट नेपालको पहाडी भागतर्फ जाने महत्त्वपूर्ण विन्दु हो । यस कारण पनि यसको रणनीतिक महत्त्व छ । पूर्वी नेपालको विराटनगरमा भारतको जयनगरबाट रेल सेवा सञ्चालनमा आइसकेको छ । 

जुन १ तारिखबाट भारतको बहनाथबाट विराटनगरसम्म १६.७ किलोमिटर रेलमार्ग निर्माण भएपछि सञ्चालनमा आएको हो । रेलमार्ग भारतको ३ अर्ब ८० लाख अनुदान सहयोगमा निर्माण भएको हो । रेलमार्गको १३।५ किलोमिटर नेपाली भागमा पर्छ ।

यसरी नेपालको भारतसँग रेल कनेक्टिभिटी बढ्दै गएको छ जुन तराई हुँदै पहाडतर्फ विस्तारको क्रममा छ ।  मोदीले ५०८ रेलवे स्टेशनहरूको पुनर्विकासको आधारशिला राखे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फ्रेन्सको माध्यमबाट अमृत भारत स्टेशन योजना अन्तर्गत भारतभरिका अर्थात् २८ वटा राज्यहरूका ५०८ रेलवे स्टेसनहरूलाई पुनर्विकास गर्नको लागि आधारशिला राखे ।

यस अवसरमा प्रधानमन्त्रीले भने विकसित हुने लक्ष्यतर्फ कदम बढाइरहेको भारत आफ्नो अमृतकलाको प्रारम्भमा छ। नयाँ ऊर्जा छ। नयाँ प्रेरणा छ। नयाँ सङ्कल्प छ। यसै आलोकमा आज भारतीय रेलको इतिहासमा पनि अर्को नयाँ अध्याय सुरु भइरहेको छ ।

उनले भने, 'भारतका लगभग १३ सय प्रमुख रेलवे स्टेसनहरूलाई अब अमृत भारत रेलवे स्टेसनको रूपमा विकसित गरिने छ । यीमध्ये आजदेखि ५०८ अमृत भारत स्टेसनहरूको पुनर्निर्माणको काम सुरु भइरहेको छ ।' 

यी ५०८ स्टेसनहरूको नवनिर्माणमा लगभग २५ हजार करोड भारतीय रुपियाँ खर्च गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ