- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा बाढी आएको छ । हिजो देखिको निरन्तर वर्षाका कारण उपत्यकाका नदीहरूमा बडी आएको हो । नदीहरूमा बाढी आएपछि कतिपय स्थानमा बस्तीमा बाढी पसेको छ ।
काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेका छन् ।
यसै गरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरी जल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको छ ।