arrow

राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गर्ने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
PMO.JPG

काठमाडौं ।  सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो । 

त्यसैगरी बैठकले  रु पाँच दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ