सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ? (पूरा भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
709
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बैठक अवरुद्ध पार्ने काम नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन् । उनले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘संसद प्रतिपक्षी दलको हो, उनीहरूको आवाज सरकारले गम्भीर रूपले लिनुपर्छ । उनीहरूले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’
सुन प्रकरणलगायतका जनताका तमाम प्रश्नहरूको जवाफ खोज्ने थलो भएकाले सांसदलाई एमालेले अवरोध गर्न नहुने उनको तर्क थियो ।
महामन्त्री शर्माले पछिल्लो सुन प्रकरणको छानबिनका लागि राज्यका निकायहरूलाई विश्वास गरेर जान पनि एमालेसँग विशेष अनुरोध गरे ।