arrow

तीन दिन लगातार घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
gold-silver-final.jpg

काठमाडौँ । सुनको भाउ लगातार तीन दिन घटेको छ । यो तीन दिनमा सुनको भाउ भने ५०० रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार, मंगलबार सुनको भाउ क्रमशः १०० र ३०० रुपैयाँले घटेको थियो । 

त्यसैगरी बुधबार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि मंगलबार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । 

बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।



नयाँ