arrow

ल्हारक्यालको बचाउमा रेखा, भनिन्- एक पटक आरोपित भएपछि त्यो व्यक्ति सधैँ खराब होइन

भावनात्मक कुरा उठेको छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
rekha-lakpars-min[1].jpg

काठमाडौं ।  सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विवादित व्यक्ति ल्हारक्याल लामाको बचाउ गरेकी छन् । 

मन्त्रिपरिषद्को निर्णय सुनाइकेपछि प्रवक्ता शर्माले कुनै पनि व्यक्ति एक पटक आरोपित भएर सफाइ पाएपछि त्यो व्यक्ति सधैँ खराब नहुने बताएकी छन् । 

विवादास्पद छविका लामालाई प्रचण्ड नेतृत्व सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेको थियो । त्यसो बचाउ गर्दै प्रवक्ता शर्माले कानुनी रूपमा सफाइ पाएको भन्दै  लामाको बचाउ गरिन् ।

उनले भनिन्,' कुनै पनि व्यक्ति एक पटक आरोपित भएपछि  सफाइ पाए त्यो व्यक्ति सधैँ खराब होइन ।'

नियुक्तको चौतर्फ विरोध भएपछि उपाध्यक्ष  लामाले समेत आफूलाई बदनाम गरिएको र आफू बुद्धको उपदेशबाट एक इन्च दायाँबायाँ नगरेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ