arrow

महात्मा गान्धीका पनाती पक्राउ परेर छुटे, भने- मलाई गर्व छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
mahatma-gandi-panati-tusar.JPG

काठमाडौं ।  महात्मा गान्धीका पनाती तुसार गान्धी पक्राउ परेर छोडिएका छन् ।  गान्धीलाई शान्ताक्रुज प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो ।

 ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो । 

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘ यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन् । 

बुधबारै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दाबाद’ लेखेका छन् । सन् १९४२ मा बुधबारकै दिन अर्थात् ९ अगष्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो ।

यसैबीच, महाराष्ट्र एनसीपीका अध्यक्ष जयन्त पाटिलले पत्रकारहरूसँगको कुराकानीमा “ बुधबार महत्त्वपूर्ण दिन हो ... यदि कसैले लोकतन्त्रका विरुद्धमा केही गरे भने देशका जनता एकजुट भएर एउटै नारा लगाउनेछन् । महात्मा गान्धी र अन्य स्वतन्त्रता सेनानीहरूलाई गिरफ्तार गरेको ८१ वर्ष बितिसकेको छ ।  अहिले उनका नातिनातिनालाई हिरासतमा राखिएको छ ।   के हामी अझै औपनिवेशिक युगमा छौ,” प्रश्न गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ