- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सुनको भाउ लगातार चार दिन घटेको छ । यो ४ दिनमा सुनको भाउ भने १२ सय रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार, मंगलबार, बुधबार सुनको भाउ क्रमशः १०० र ३०० र १०० रुपैयाँले घटेको थियो । त्यसैगरी आज ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबमर छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।