arrow

पक्राउ खाँदा खाँदै के भने सांसद शर्माले ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
dr-sunil-sharma-morang-congress-npbel.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेपछि उनले आफू आफ्नो मुद्धामा अडिक रहेको बताएका छन् । 

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन नियन्त्रणमा लिइएपछि नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका मोरङ क्षेत्र नम्बर ३ का सांसद शर्माले पक्राउ परेपछि आफूले उठाएको मागमा पछि नहट्ने बताएका हुन् । 

उनलाई सीआईबीको टोलीले बिहीबार दिउँसो उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो । 

उनले पक्राउ परेपछि भने, ‘मैले उठाएको मुद्धामा अडिक रहने छु । भित्र बसे पनि बाहिर बसे पनि मुद्दामा लडिरहने छु ।’

पहिल्यै पाएका थिए पक्राउ पर्ने संकेत
सांसद शर्माले आफूलाई पक्राउ गर्ने संकेत पहिले नै पाइसकेका थिए । उनले आफू बिहीबारै पक्राउ पर्न सक्ने जानकारी पाएसँगै आफू नजिकका आफन्तलाई बिहानैदेखि खवर गरेका थिए । 

उनका नजिकका आफन्तलाई आफू पक्राउ पर्न थालेको र गृहमन्त्रीले सीआईबीलाई पक्राउ गर्न निर्देशन दिइसकेको सुइँको पाएका थिए । 

उनका एक आफन्तले सल्लाह गरेरै नै सहजै पक्राउ हुने वातावरण बनाएको पनि बताए । 

उनलाई शैक्षिक प्रमाणपत्रको विषय बनाएर पक्राउ गरिएको भए पनि अवैध सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेसँगै उनी गृहमन्त्रीको आँखाको तारो बनेको विश्लेषण भइरहेको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ