arrow

आफूमाथि प्रहरीबाट हातपात भएको सांसद शर्माको भनाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
sunil-kumar-sharma-morang-3-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको थियो । 

शुक्रबार म्याद थपका क्रममा अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिएका हुन् ।

 ‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भने । 

अवैध सुन प्रकरणका मुख्य आरोपीलाई समातेर कारबाही गर्न माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै संसदमै जोड दिएका शर्मा एकाएक हिजो पक्राउ परेका हुन् । 

उनलाई शैक्षिक प्रमाणपत्रबारेमा पक्राउ गरिएको भनिए पनि अहिलेको मुद्दालाई कमजोर बनाउन पक्राउ परिएको भन्दै चर्को विरोध भइरहेको छ । 
 



नयाँ