arrow

थुनामुक्त भएसँगै सांसद शर्माले भने –सत्तामा टिकिरहन पक्राउ गरियो, नैतिकताका आधारमा राजीनामा दिनुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
sunil-sharma-2080-04-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त हुनुभएका उनले यस्तो बताए । उनले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताए । 

उनले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने बताए । उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर गुन तिरेको बताए । 

उनले कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताए । उनले भने, ‘सुन तस्करका संरक्षकहरु विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरुले राजनीनामा दिनुपर्छ । मैले यो मागसहित अनसनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो । यो ३० वर्ष पुरानो फाइल  मलाई तेस्रो पटक गिरफ्तार गरिएको हो । मेरो एजेण्डामा सबै विपक्षी साथीहरुले उभिएर मेरो पक्षमा आवाज बुलन्द गर्नुभएको छ । मेरो पिताजीको सरह रोल निर्वाह गर्नुभएको, राष्ट्रनायकको रुपमा उभ्याउनुभएको आफूलाई केपी शर्मा ओली हुनुहुन्छ,उहाँ र उहाँको पार्टीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि । मेरो अडान सुन तस्करका संरक्षकहरु छोड्नु हुँदैन । प्रधानमन्त्रीको निर्देशनमा मेरो गिरफ्तारी भएको छ । मैले लगाएको गुनको पैँचो हतकडी लगाएर तिर्नुभएको छ । उहाँलाई शान्ति सम्झौताका लागि गिरिजाबाबुसँग सम्पर्क गराउने मान्छे हामी हौँ । माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन ।’

सांसद शर्माले आफूलाई बिना कारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीलै सत्तामा बसिरहन नैतिकताले नदिने बताए । 

शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो । 

सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआईबीले बिहीबार दिउँसो पक्राउ गरेको थियो । सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ