arrow

केसीसीको म्यानेजमेन्ट स्कलर्स म्याग्जिनको आठौँ अंक विमोचन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
kcc-book-2023.jpg

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौँस्थित कान्तिपुर सिटी कलेज केसीसीको व्यवस्थापन संकायले म्यानेजमेन्ट स्कलर्स म्याग्जिन (पत्रिका) को आठौँ अंक विमोचन गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तथा प्रमुख अतिथि प्राडा यादवराज कोइराला, आमसञ्चार तथा व्यवस्थापन विज्ञ तथा अतिथि प्राध्यापक रामाकृष्ण रेग्मी, कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक प्रह्लाद कार्की तथा प्रिसिन्पल राजु कट्टेलले संयुक्त रुपमा कलेजको सभा हलमा म्याग्जिन विमोचन गरेका हुन् । 

बीबीए शौक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई मुख्य जिम्मेवारी दिइ व्यवस्थापन तथा लेखन सीप बढ्ने अभिप्रायले प्रत्येक वर्ष म्यानेजमेन्ट स्कलर्स म्याग्जिन प्रकाशित हुने गरेको व्यवस्थापन संकाय प्रमुख पूजा पोख्रेलको भनाइ छ ।
 
उपकुलपति प्राडा कोइरालाले म्याग्जिनले नयाँ जिम्मेवार सम्हाल्ने विधार्थीलाई सकारात्मक आशा देखाएको र केही प्राप्त गर्न संघर्ष गर्न उर्जा दिने बताए । त्यसैगरी प्राध्यापक रेग्मीले अबको वर्षमा प्रकाशन हुने म्याग्जिन राष्ट्रिय योजना आयोगको लागि सुझाव हुनुपर्ने कामना गरे । 

कलेजले व्यवस्थापन अध्ययन गराइ विद्यार्थीलाई सक्षम जनशक्ति उत्पादन गरेको र देश विदेशमा योगदान गरिरहेको प्रबन्ध निर्देशक कार्कीले बताए । 

त्यसैगरी प्रिन्सिपल कट्टेलले विद्यार्थीको मेहनत, रचनात्मक प्रयासलाई सधै सहयोग गर्ने र आगामी दिनमा निरन्तरता दिइराख्न सुझाव दिए । सन् २००५ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई व्यवस्थापन विषयको स्नातक तहमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज व्यवस्थापन शिक्षणमा अग्रणीमध्ये हो । 

विमोचन कार्यक्रममा विद्यार्थी, संकाय प्रमुख, अध्यापक तथा संचारकर्मीहरुको पनि उपस्थिति रहेको आमसञ्चार तथा पत्रकारिता विभागका कार्यक्रम संयोजक राजीव तिमल्सिनाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ