- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकाको हवाई राज्यको माउ टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ शुक्रबार रातीसम्मको तथ्यांकअनुसार मृतकको सङ्ख्या ६७ पुगेको माउ टापुका अधिकारीहरूले बताएका हुन् ।
अहिले पनि आगो निभाउने प्रयास जारी छ । बुधबार ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने बिहीबार थप १९ जनाको मृत्यु भएको पुष्टि भएको थियो । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको ठूलो क्षति भएको नागरिकहरूको गुनासो छ ।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा बढी क्षति भएको छ भने भवन, अस्पताल ध्वस्त भएका छन् । साथै सयौँ परिवार विस्थापित भएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने बित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् ।
दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालिएको थियो । तर यस पटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने उत्तर हवाईका जनताको प्रश्न छ ।