- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
“ए झरी नझरिदेउ यसरी” भनेझैँ नबिन के भट्टराईले गाएको यो लोकप्रिय गीतको लाइन जस्तै भएको छ हिजो आजको मौसम । काठमाडौँ उपत्यकालगायत देशका अधिकांश ठाउँहरुमा मौसमको बदलावले कतै हावाहुरीसहित पानी र कतै निरन्तर झरी लागेको छ ।
यो झरी अझै केही दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन अगाडिमात्र उपत्यकामा निरन्तर पानी परेकोले बागमती, विष्णुमती, धोबीखोलाको बहाव उच्च थियो ।
कतिपय स्थानमा बाढी पनि पसेको थियो । शुक्रबार बेलुकीदेखि निरन्तर परिरहेको पानीले फेरि नदीको स्तर बढाउने हो कि भन्ने चिन्ता पनि छ । साउने झरी नभनी उपत्यकामा कोही काम गर्न त कोही अध्ययन गर्न विद्यालय, क्याम्पसको आफ्नो गन्तव्यतिर जान तल्लीन । कोही हकका लागि आन्दोलन गर्दा रुझेका छन् भने सुरक्षाकर्मीका बेथा पनि उत्तिकै छन् । केही तस्बिरहरु–