arrow

बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
himachal-flood.JPG

काठमाडौं ।  भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको संख्या अझै बढ्न सक्ने देखिन्छ ।

राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू बन्द गर्न आदेश दिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा सात सय ५२ सडक बन्द गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ