- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँमा पसल र कोठा खाली गर्दिनुपर्यो भन्ने बढेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् ।
न्यायिक समितिमा उजुरी दिनेहरूमध्ये अधिकांश उजुरी पसलहरू बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन लगायतका उजुरी दिनेहरूको सङ्ख्या बढ्दै गएको उनले बताइन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरूको सङ्ख्या बढेको बताइन् ।
उनले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरीहरू बन्द गराइदिन र खाली गराइ पाउँ भन्ने किसिमले पर्ने गरेको छ । आर्थिक सङ्कटका कारण यस किसिमका सङ्केत देखिएको उनको ठहर छ ।