arrow

बढ्यो सार्वजनिक यातायातको भाडा, अनुगमनमा कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
vehicle-jadibuti-bheed.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । 

मंगलबार मध्यरातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो । 

इन्धनको मूल्य बढेसँगै बुधबार दिउँसो यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।

अनुगमनमा कमजोर
सवारीसँगै पेट्रोलियम पदार्थको भाडा घट्दा भने यातायातले भाडा घटाउँदैनन् । त्यसैगरी एलपीजी ग्यासमा घटेको भाउमा पनि उपभोक्ताले ग्यास पाउँदैनन् । 

एकैपटक १३० रुपैयाँ ग्यासको भाउ घट्दा नयाँ सिलिन्डर अझै आएको छैन भन्दै उपभोक्तालाई पुरानै भाउमा बेचेका थिए । 

त्यसैगरी नै सवारी साधनमा पनि भाउ घट्दा हामीलाई जानकारी छैन भन्दै कन्डक्टरले कहिल्यै भाउ नघटाउने गरेको यात्रुहरुको गुनासो रहँदै आएको छ । 

सरकारलेृ यतातर्फ भने ध्यान दिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ