arrow

समिति बैठक पनि एमालेबाट बहिष्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ । 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिमित बैठक एमालेले बहिस्कार गरेको हो । 

संसदीय समितिको नेतृत्व चयन नगरेको विरोधमा एमालेले संसदीय समिति बैठक बहिस्कार गरेको हो । 

यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद योगेश भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । 

एमालेका सांसद सहभागी नभएपछि कोरम नपुगेका कारण बैठक नै स्थगित भएको छ । 

एमालेले संसद बैठक भने साउन १० गतेदेखि अवरुद्ध गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ