arrow

राजाको बुद्धि र नेपालीहरूको चेत खुले राजतन्त्र फर्कन सक्छ [भिडियो]

गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाएको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
jagatman-gurung.JPG

काठमाडौं । राजाले बुद्धि र नेपालीहरूको पनि चेत खुले राजतन्त्र फर्किन सक्ने  वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले बताएका छन् । थाइल्याण्डमा नेपालीहरूको इतिहास लोकार्पण गर्दै उनले नेपालमा राजा आएसँगै नेपाल र थाइल्याण्ड पुनः सबै किसिमबाट समान हुने बताए ।

उनले भने,यदि राजाले बुद्धि पुर्‍याउन सक्यो भने, हु इज हु भन्ने मान्छे चिन्न सक्यो भने नेपालीहरूको पनि चेत खुल्यो भने नेपालमा फेरि पनि राजतन्त्र फर्किन सक्छ । तर अब आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने होइन, नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रूपमा राजा आउन सक्छ ।'

 उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको आरोप लगा बताए ।

उनले भने,  नेपालले मान्छे बेचेर खान्छ तर थाइल्याण्डले मान्छे बेचेर खाँदैन । खुशीयाली छ । कलियुगमा मान्छेको मासु मान्छेले खान्छ रे, पहिला दासदासी कमारा, कमारी बनाएर बेच्थे, अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाएको छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ