arrow

वीरका निर्देशक पौडेलमाथि कर्मचारी हातपात गरेको आरोप, कारबाही गर्न प्रधानमन्त्रीलाई निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
santosh-poudel-bir-hospital-2080-04-14.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई कर्मचारीमाथि दुर्व्यवहार गरी हातपात गरेको आरोप लागेको छ । पौडेलले रेडियोग्राफी निरीक्षक द्धारिकाप्रसाद यादवलाई दुर्व्यवहार गरी हातपात गरेका हुन् । 

यादवले आफूमाथि दुर्व्यवहार गरेको र भौतिक आक्रमण गरेको भन्दै पौडेललाई कारबाही र आफूमाथि सुरक्षा प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निवेदन लेखेका छन् । 

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी, मधेसी आयोगका अध्यक्ष र वीर अस्पतालका उपकुलपतिलाईसमेत निवेदन लेखेका छन् । 

उनको निवेदनमा बिहीबार बिहान ९ः३० बजे रेडियोलोजी विभागको सिटी स्क्यानमा ड्युटीको क्रममा बिरामीलाई अस्पताल फार्मेसीमा उपलब्ध नरहेको अल्ट्राभिष्ट ३७० एमजी बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा पौडेलले सत्य तथ्य नबुझी सीटी स्क्यान कार्यकक्षको अगाडि बिरामीहरुकै माझ विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज, नश्लीय दुर्व्यवहार र हातपातसमेत गरी मानसिक यातना दिएको भन्दै छानबिन गरी प्रचलित कानून बमोजिम तत्काल कारबाही गरी त्रासरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाई सुरक्षा प्रदान गरिदिन अनुरोधसमेत गरेका छन् । 

डा. पौडेलमाथि पहिले ट्रमा सेन्टरको निर्देशक हुँदा पनि महिला कर्मचारीलाई गालीगलौज गर्ने, धम्काउने , अपशब्द प्रयोग गर्ने गरेको आरोप छ । अहिले पनि उनको बानीमा सुधार नभएको वीरका कर्मचारीहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ