arrow

अख्तियारले कागजात पाएन, ट्रमाका पूर्व निर्देशक डा पौडेलविरुद्धको छानबिनमा अवरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
santosh-poudel-trauma-centre.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका पूर्व निर्देशक एवं नेपाल चिकित्सक संघका अध्यक्षका उम्मेदवार डा. सन्तोष पौडेलविरुद्ध परेको अनियमितताको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेको छानबिनमा ट्रमा सेन्टरले नै असहयोग गरेको पाइएको छ । 

अख्तियारले डा. पौडेलका बारेमा सबै कागजात उपलब्ध गराउन ट्रमा सेन्टरलाई पत्रसमेत पठाएको भए पनि अहिलेसम्म उपलब्ध नगराएको पाइएको छ । ट्रमा सेन्टर स्रोतका अनुसार गत माघ १६ गते नै अख्तियारले सेन्टरलाई सबै कागजात पठाउन १० दिनको समय दिएर पत्र पठाएको थियो । तर समय घर्किदा पनि अहिलेसम्म जवपाm नदिएको पाइएको छ । 

सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले पत्रहरु तयार गरेर दिनका लागि प्रशासन अधिकारीलाई निर्देशन दिएको भए पनि प्रशासन र स्टोरका कर्मचारी डा.पौडेल निकटका भएकाले कागजात पठाउन ढिलाई गरेको स्रोतले जनाएको छ । 

डा. पौडेल निर्देशक हुँदा भएका भ्रष्टाचार सम्बन्धी सबै फाइल मगाउँदासमेत उपलब्ध नगराइनुमाथिको षड्यन्त्र बुझिनसक्नु भएको पनि ट्रमा सेन्टर स्रोत बताउँछ । 

राष्ट्रिय सर्तकता केन्द्रले पनि उजुरीमा उठेका विषयमा अनियमितता देखियको भन्दै पौडेललाई कारबाही गर्न सिफारिस गरिसकेको छ । 
    
डा पौडेलमाथि एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालीन उपकुलपतिसँग मिलि सेवा अवधि नपुगीकनै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहँदा कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको, सी आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको आरोप छ । 

२०७७ साल फागुन २ गते प्रधानमन्त्री कार्यालय, अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमासमेत उनीविरुद्ध उजुरी परेको थियो । सो उजुरीपछि सोही महिनाको १३ गते नै स्वास्थ्य मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति पनि गठन गरेको थियो । 

सो समितिले उल्लेखित विषयहरुमा अनियमितता देखिएको भन्दै माथिल्लो निकायबाट छानबिन हुनुपर्ने राय दिएको थियो । सो पत्र अख्तियारमासमेत पठाएको थियो । 

तर हालसम्म उनीविरुद्ध कुनै कारबाही नभएपछि राष्ट्रसेवक कर्मचारीहरुले गत पुस २४ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र सम्पत्ति शुद्धीकरण विभागमा छानबिन तथा कारबाहीको लागि निवेदन पेश गरेका थिए । 

डा. पौडेलले गत २०७७ मंसिर १३ गते अर्थोपेडिक सर्जरी इन्टुमेन्ट एरिना इन्टरनेशनललाई, स्पाइन सर्जरी इस्टुमेन्ट एरिना इन्टरनेशनललाई, हेड एण्ड माइक्रोसर्जरी इन्स्टुमेन्ट बायोमेड इन्टरनेशनलाई एनेस्थेसिया मेसिन म्याक्सिम इन कोअपरेशनलाई, सिआर्म मेसिन म्याक्स मेडिटेक सिस्टमलाई, हाई एण्ड अप्रेटिङ्ग माइक्रोस्कोप इष्ट वेस्ट कन्सर्नलाई, डक्सा मेसिन सन्जिवनी इन्टरपाइजेजलाई, ओटी लाइट म्याक्सिम इन कोअपरेशनलाई, पोर्टवल मिडियो एक्सरे म्याक्स मेडिटेकलाई सम्झौता गरी खरिद गरेका थिए । 

सो सामान खरिद गर्दा आवश्यकता पहिचान, स्पेसिफिकेसन, अनुमानित लागत, टेण्डर स्वीकृत, बोलपत्र मुल्याङ्गन, समिति गठन गर्दा सबैमा आफू निटक संयोजक र सदस्य राखी नियम विपरीत टेण्डर स्वीकृत गरी करोडौँ अनियमितता गरेको आरोप छ ।

२०७७ साल जेठ २८ गते प्रकाशित क वर्गको एम्बुलेन्स खरिदमासमेत डा। पौडेलले क वर्गको एम्बुलेन्स खरिद नगरी ठूलो अनियमितता गरेको आरोप छ । 

फोटोन टर्नल्याण्ड एम्बुलेन्स, इन्जिन नम्बर ७६०३०४०७ र च्यासिस नम्बर एलभीएभीटूके वीवी ४ एलसी ०६०५१४ नम्बरको उल्लेखित एम्बुलेन्स मेउ भिर्दी कमरसियल भेहकल प्रालिलाई ८९ लाख ९५ हजार रुपैयाँमा मा खरिद गरी आयात गरेको आरोप उनीमाथि छ । 

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ विपरीत स्पेसिफिकेसन नमिलिकन खरिद गरिएको थियो । त्यस्तै ०७७ साल साउन ३ गते ट्रमा सेन्टरको क्यान्टिन कफिसप भन्दै सूचना प्रकाशित गरेको तर सम्झौता गर्दा सुनिल क्यान्टिन तथा कपडा खुद्रा पसल थापाथली काठमाडौंलाई पूरै क्यान्टिन सञ्चालन गर्ने गरी सम्झौता गरी अनियमितता गरेकोसमेत दाबी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ