arrow

भदौमै पाक्न थाल्यो सुन्तला

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
orange-teko.jpg

गल्याङ (स्याङ्जा) ।  स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । 

अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उनले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
नयाँ