arrow

सर्पले टोकेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
snake-bite.jpg
तस्बिर-फाइल

झापा । झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए । 

उनका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । 

सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । 

स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ