arrow

झापामा विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ, दुई जना कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
nepal-police12.jpg

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहँदै आएका पाँच जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट विशेष रूपमा खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई हालै झापाका विभिन्न स्थानबाट समातेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराएको हो।

पक्राउ पर्नेहरूमा झापा गाउँपालिका–४ का ४७ वर्षीय अब्दुल हकिम मियाँ र मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवार छन्। मियाँलाई सवारी ज्यान मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना तथा दनुवारलाई लागुऔषध मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो।

यसैगरी, लागुऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिएका कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगरलाई पक्राउ गरी सजाय भुक्तानका लागि झापा कारागार चलान गरिएको छ। सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका इलामको चुलाचुली गाउँपालिका–५ का ३० वर्षीय लक्ष्मण फागोलाई पनि प्रहरीले पक्राउ गरी कारागार पठाएको छ। 

फरार प्रतिवादीहरूलाई अदालतको फैसला बमोजिम कानुनी दायरामा ल्याउने अभियान अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रञ्जन अवाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ