arrow
ADVERTISEMENT

सुन तस्करीको अनुसन्धान सीआईबीले नै टुङ्गोमा पुर्‍याउने गृहमन्त्रीको दाबी [भिडियो]

पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
narayankajis.jpg

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै टुङ्गोमा पुर्‍याउने बताएका छन् ।  

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि उनले यस्तो बताएका हुन् । उनले । सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै यसलाई टुङ्गोमा पुर्‍याउने दाबी गरे । उनले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताए ।

उनले भने, ‘संसद्को अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो । राम्रोसँग छलफल भएको छ, आज नै निष्कर्षमा पुगेको छैन । तर छलफल सकारात्मक छ । हामीलाई विश्वास छ, भोलीसम्ममा निष्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ । सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सीआईबीले नै यसलाई टुङ्गोमा पुर्‍याउनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ