arrow

बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
chandrayan-2.jpeg

काठमाडौं । पर्सी बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्ने भएको छ । 

भारतले सार्वजनिक गरेको चन्द्र मिसन-३ (चन्द्रयान-३) को ल्यान्डर मोड्युल अनुसार भदौ ६ गते साँझ ६:०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

 भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आइतबार आधिकारिक रूपमा यस बारे घोषणा गरेको छ ।

अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको छ, पललाई राज्य सञ्चालित टिभी च्यानल दूरदर्शन र फेसबुक र युट्युब जस्ता विभिन्न सामाजिक मिडिया प्लेटफर्महरू बाहेक यसको वेबसाइटमा समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।

भारतको चन्द्र मिसन-३ जुलाई १४ मा प्रक्षेपण गरिएको थियो र बिहीबार ल्यान्डर मोड्युल अन्तरिक्ष यानबाट अलग भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ