- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मिजोरम । भारतको मिजोरममा निर्माणाधीन पुल खस्दा १७ जनाको मृत्यु भएको छ । निर्माणाधीन रेलवे पुलमा काम भइरहेका बेलामा पुल खस्दा १७ श्रमिकको मृत्यु भएको हो ।
समाचार एजेन्सी पीटीआईले अधिकारीलाई उधृत गर्दै १७ जनाको मृत्यु भएको जनाएको हो । स्थानीय समयअनुसार बिहान १० बजे भएको घटनाका बेलामा ३५ देखि ४० मजदूर कार्यरत रहेका थिए ।